काठमाडाैं, ८ असाेज । भारतमा पूर्व गृहराज्यमन्त्री चिन्मयानन्दमाथि यौन शोषणको आरोप लगाउने छात्रालाई जेल पठाइएकाे छ । सो मामिलाको जाँच गरिरहेको एसआइटीका प्रमुख नवीन अरोडाले जनाएअनुसार बुधबार बिहान छात्रालाई नियन्त्रणमा लिएर मेडिकल जाँच गराइएको छ ।
मेडिकल परीक्षणपछि मजिस्ट्रेट समक्ष पेश गरिएको थियो । त्यसपछि मजिस्ट्रेटले थप अनुसन्धानका लागि उनलाई जेल पठाउन अनुमति दिएको थियो । छात्रालाई आफ्ना साथीहरुसँग मिलेर ५ करोड रुपियाँ मागेको आरोप लागेको छ ।
चिन्मयानन्द यसअघिदेखि नै १४ दिनका लागि थुनामा छन् । शाहजाहपुरस्थित एसएस ल कलेजकी छात्राले चिन्मयानन्दमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । –एजेन्सी



लाेकपाटी न्यूज

