कास्की, ७ असाेज। नाटकीय शैलीमा आफू अपहरणमा परेको भन्दै खबर गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका बडा नं ११ फुलबारी बस्ने ४२ वर्षीय नारायण प्रसाद पौडेललाइ प्रहरीले पक्राउ गरेको हो ।
उनले गत शनिबार दिउँसो आफू अपहरणमा परेको भन्दै प्रहरीलाई खबर गरेका थिए । उनले दिएको सूचनाको आधारमा अपहरणकारीको खोजतलास तथा निजको उद्दारको लागि तत्काल प्रहरी परिचालन गरिएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उनलाई कसैले अपहरण गरेको नभई लेनदेनको बिषयलाई लिएर आफ्नो बिपक्षीलाई फसाउन नाटक रचेको खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका पौडेलविरुद्ध कानूनी प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लाेकपाटी न्यूज

