काठमाडाैं । यात्रुबाहक बस दुर्घटना हुँदा २६ जनाकाे ज्यान गएकाे छ। पाकिस्तानको बबुसार टप नजिकै उक्त दुर्घटना भएकाे हाे।
आइतबार बिहान भएको साे दुर्घटनामा अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । मृत्यु भएका र घाइते भएकामध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए ।
स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । घटनाबारेअनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।



लाेकपाटी न्यूज

