सङ्खुवासभा जीप दुर्घटना : बेपत्ताहरुको नामावली सार्वजनिक

9
लाेकपाटी न्यूज

काठमाडौ, असोज १ गते । मंगलबार राति सङ्खुवासभाको अक्कर भिरमा भएको जीप दुर्घटनामा परी बेपत्ता भएकाहरुको नामावली सार्वजनिक भएको छ। दुर्घटनामा परि बेपत्ता भएकाहरुको नामावली जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

दुर्घटनामा पर्नेहरुमा चालक सन्तोष विश्वकर्मा, खाँदबारी ९ का २२ वर्षीय प्रमेश थापामगर र उनको भिनाजु खोटाङका २७ वर्षीय खबरमान पिठाकोटे रहेका छन् । त्यस्तै, खाँदबारी ९ कै २४ वर्षीय संगम श्रेष्ठ र उनकी श्रीमती २२ वर्षीया सदीक्षा राई श्रेष्ठ र उनीहरुका दुईमहिनाका बच्चा समिर श्रेष्ठ रहेका छन्।

निमोनियाको बिरामी बच्चाको उपचार खाँदबारी अस्पतालमा हुन नसकेपछि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो। लगातार वर्षाको कारण बेपत्ताहरुको खोजी गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। लामो समयदेखि पानी परेपछि अरुण नदीमा पानीको सतह बढेको थियो। प्रहरीका अनुसार सडकबाट सिधै अरुण नदीमा खसेको जीप समेत देखिएको छैन। घटनास्थल सदरमुकाम खाँदबारीबाट करिव ४० किलोमिटर टाढा पर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्