सिंहदरबार परिसरबाट पक्राउ परेका सबै पत्रकार रिहा

लाेकपाटी न्यूज

काठमाडौं, ३० भदाै। सिंहदरबार परिसरबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । रेडियो नेपालबाट निष्काशन गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै कार्यालय घेराउ गर्न पुगेको पत्रकारको टोलीलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको थियो ।

पक्राउ गरिएको केही घण्टापछि नै प्रहरीले उनीहरुलाई रिहा गरेको हो । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्काशित गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै पत्रकार महासंघ र नेपाल प्रेस युनियनको टोली सोमबार रेडियो नेपाल घेराउ गर्न पुगेको थियो ।

पक्राउ पर्नेमा महासंघ सचिव दाहाल, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, प्रेस युनियन केन्द्रिय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर, पत्रकारहरु प्रकाश बम, चक्र कुँवर रहेका थिए ।

रेडियो नेपालले केही दिनअघि प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत काश बम, चक्र कुँवर र अर्का एक जनालाई निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्