काठमाडौं, २७ भदाै। मेष बहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ । उक्त गीत हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियोमा केकी अधिकारी, रिजन थापा र मेष बहादुर बस्नेत लगायतको अभिनय रहेको छ । सफल चलचित्र ‘झोला’का निर्देशक यादवकुमार भट्टराईले निर्देशन रहेको उक्त भिडियोमा लोमस चापागाईं र मिलन भण्डारीले सह–निर्देशन गरेका छन् ।
स्वरुपराज आचार्य र मेलिना राईको पहिलो संयुक्त गायन रहेको गीतमा मेष बस्नेतको शब्द रहेको छ । गीतमा आरपी लामिछाने (रामु दाई)ले संगीत भरेका छन् ।
गीतमा रकेश ओलीको संगीत संयोजन र श्यामश्वेत रसाइलीको संगीत सम्पादन रहेको छ । मदन काश्यप घिमिरेलेको छायाङ्कन रहेको उक्त भिडियोकाे सम्पादन उज्वल ढकालले गरेका छन् ।
लजिक मिडिया र मिडिया फर कल्चरको उत्पादनमा बनेको गीतलाई धुलिखेलको होटल सारथीलगायत काभ्रेका विभिन्न ठाउँमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।
भिडियाे हेर्नुस्ः



लाेकपाटी न्यूज

