गौमुखी गाउँपालिका अध्यक्ष पक्राउ

arrest-arrest
लाेकपाटी न्यूज

बुटवल, २३ भदौ। प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन्। उनी बहुविवाह गरेको अभियोगमा पक्राउ परेका हुन्।

उनकी श्रीमति सीता केसीले अध्यक्ष गिरी विरुद्ध भदौं १० गते बहुविवाहको मुद्दा दिएकी थिइन्। उक्त उजुरीका आधारमा गाउँपालिका अध्यक्ष पक्राउ परेको प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए।

‘गिरीलाई अदालतमा पेश गरिने छ , अदालतको फैसाला जस्तो आउँछ त्यही अनुसार गरिने छ , डिएसपी कार्कीले भने, ‘कानुनले ठूलो सानो केही भन्दैन।’ गिरीले प्युठान नगरपालिकाकै एक १८ बर्षीया युवतीसँग दोस्रो विवाह गरेको अभियोग छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्