बिरामी बोकेको एम्बुलेन्स दुर्घटना : एकको मृत्यु, चार घाइते

Accidents
लाेकपाटी न्यूज

महाेत्तरी, २२ भदाै। महोत्तरीको बर्दिबास–३ मा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ । पैदलयात्रीलाई जोगाउने क्रममा बा २ च ४४४१ नम्बरको एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

एम्बुलेन्समा सवार ५० वर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश बादी, छोरी गंगा बादी घाइते भएका छन् ।

पैदल यात्री धनुषाको मिथिला नगरपालिका–४ का रोशा बराइली पनि घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।

प्रहरी स्राेतका अनुसार घरायसी झगडामा उवेशलगायत घाइते भएका थिए । घाइतेहरूलाई एम्बुलेन्सबाट अस्पताल लाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्