अमेरिकामा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु

Accident usa
लाेकपाटी न्यूज

बोस्टन, १९ भदौ। अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन्।

उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट गएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालकको अवस्था चिन्ताजनक छ। प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। उनले गाडी रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो।

श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, अरू पछाडीको सिटमा। गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पतालमा मृत घोषित गरिएको हो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्