पर्वत, १९ भदौ। दुई समूहबीच भएको कुटाकुटमा पर्वतमा दुई जना घाइते भएका छन्। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले पर्वतमा १६ जनालाई पक्राउ गरेको छ।
कुश्मा नगरपालिका ५ यान्त्रिकपुल नजिक भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो।
पक्राउ पर्नेमा कुश्मा नगरपालिका ४ का सन्तोष परियार, करण गुरुङ, मुस्कान पुन, राजेश पुन, निशान पुन, नवीन क्षेत्री, अनमोल कुमाल, सुदीप परियार, सुगम बोहोरा, आविस्कार पौडेल, कुश्मा ५ का आशिष केसी, आश्विन क्षेत्री, कुश्मा ६ का अभिषेक पौडेल तथा वडा नं ७ का सुमन केसी र सुजन केसी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।
आपसी झडपमा घाइते भएका कुश्मा ५ का आस्विन क्षेत्री र कुश्मा ६ का आदित भण्डारीको जिल्ला अस्पतालमा उपचार गरिएको छ। कुटपिटमा संलग्न सबै विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको रायमाझीले बताए ।



लाेकपाटी न्यूज

