स्याङ्जा, १८ भदौ। स्याङ्जाको गल्याङ नगरपालिका ३ गल्याङ बजार जाने बाटोमा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। बुधबार दिउँसो पाल्पाको हुँगी असेर्दीबाट गल्याङ तर्फ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप विपरित दिसाबाट आउँदै गरेको गाडिलाई साइड दिने क्रममा दुर्घटना भएको हो। जिप सडकदेखि करिव तीन सय मटर तल खसेको छ।
प्रहरीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई गल्याङ नगर अस्पतालमा प्राथामिक उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा लगिएको छ। घाइतेहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। जीपमा कति जना सवार थिए भन्ने अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
