भोजपुर, १७ भदौ। भोजपुरको अरुण गाउँपालिकामा नेपाली हिन्दु नारीहरुको महान् चाड तीजको अवसर पारेर नाटक ‘समानता’ मञ्चन गरिएको छ।
अरुण गा.पा-७ महिला समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरद्वारा सञ्चालित विपत जोखिम न्यूनिकरण (CBDRR) को सहकार्यमा तीज विशेष कार्यक्रममका साथमा सामाजिक यथार्थमा आधारित सो नाटक मञ्चन गरिएको हो।
अनिशा खड्काको प्रमूख आतिथ्यता रहेको सो कार्यक्रममा विशेष अतिथिका रुपमा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, वडा नम्बर ७ का वडाध्यक्ष, लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’, लोक तथा दोहोरी गायक देशनरेश अधिकारी, कलाकार तथा निर्देशकद्वय गणेश उपाध्याय र उमेश कार्की, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला कमिटी सदस्य एवम् समाजसेवी कुमार थापा, नेता विमल खड्का लागायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मञ्चित ‘समानता’ नाटक अरुण कला साहित्य समाजले प्रस्तुत गरेको हो। गणेश उपाध्यायको लेखन तथा सन्तोष थापाको निर्देशन रहेको उक्त नाटकमा कलाकारहरु कमला थापा, तेजेन्द्र थापा, पुजन आचार्य, तिलक थापा, अनुशा अधिकारी, मनिषा थापा लगायतको बेजोड अभिनय रहेको थियो । साथमा लोक तथा दोहोरी गायक देशनरेश अधिकारीले स्टेज गायन प्रस्तुत गरेका थिए।
कार्यक्रममा स्थानीय महिलाहरुद्वारा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै विशेष अतिथिका रुपमा काठमाडौँबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुले पनि आ-आफ्नो प्रस्तुती राखेका थिए।



लाेकपाटी न्यूज

