बाँके, १६ भदाै। चोरी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गर्न बाँके प्रहरीले गोली चलाएको छ । बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार अभियुक्त नरेनद्र न्यौपानेलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर अभियुक्त न्यौपाने घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
बाँकेको बैजनाथमा संयुक्त राष्ट्र संघ (युएन) को गाडीमा डाँका चोरी गरेको अभियोग लागेका न्यौपानेविरुद्ध अदालतले ६ वर्षको जेल सजाय सुनाएको थियो । अदालतले २०६८ सालमा नै उनीविरुद्ध सजाय तोके पनि उनी भने लामो समयदेखि फरार थिए ।



लाेकपाटी न्यूज

