वीरगन्ज, १० भदौ। वीरगन्जमा १ जना भारतीय कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ। भारतीय राज्य बिहारअन्तर्गत बेतिया मझबलिया घर भइ वीरगन्जमा डकर्मीको रुपमा कार्यरत २२ वर्षीय नजरे आलमको २ तले घरको छतबाट खसेर मृत्यु भएको हो।
वीरगन्जको बेल्वा टोलमा रहेको पल्पस फ्याक्ट्रिमा कार्यरत आलम काम गर्ने क्रममा घरको छतबाट खसेका थिए। छतबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीरगन्जस्थित गण्डक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



लाेकपाटी न्यूज