के शारीरिक अभ्यास गर्न उमेरले रोक्छ ?

couple-exercising
लाेकपाटी न्यूज

एजेन्सी। स्वस्थ र लामो जीवनका लागि शारीरिक व्यायाम अर्थात ‘एक्सरसाइज’ जुनसुकै उमेरमा पनि सुरु गर्न सकिने विशेषज्ञहरुले बताएका छन्।

एक नयाँ अनुसन्धानमा किशोरावस्थादेखि नै शारीरिक अभ्यास गर्ने व्यक्ति र ५० कटेपछि एक्सरसाइज सुरु गरेकाहरु, दुवैमा समान जोखिम देखिएपछि नै यस्तो निष्कर्ष निकालिएको हो। यसरी ढिलो जिम जानेहरुले पनि लामो समयदेखि एक्सरसाइजमा अभ्यस्त मानिसहरु जत्तिकै स्वास्थ्य सम्बन्धी लाभ प्राप्त गर्ने बताइएको छ।

अध्ययनका अनुसार ४० देखि ६० वर्षको उमेरमा साप्ताहिक शारीरिक अभ्यास गर्नेहरुमा १६–४३ प्रतिशत रोग र मृत्युको जोखिम रहेको छ भने किशोरावस्थादेखि नै शारीरिक रुपमा सक्रिय हुनेहरुमा पनि तुलनात्मक नतिजा प्राप्त भएको हो।  वास्तवमा सानै उमेरदेखि एक्सरसाइज गर्न सुरु गर्नेहरुले पछिसम्म आफ्नो व्यायाम कायम नराखे सबै स्वस्थकर लाभदायी पक्ष गुमाउने गरेको पाइएको हो। त्यसैले पनि शारीरिक अभ्यास सुरु गर्नमा कुनैपनि उमेर ढिलो नहुने विश्लेषकहरुको दाबी छ।

अमेरिकाको नेस्नल क्यान्सर इन्सिटटिउटका डाक्टर पेड्रो सेन्ट मौरिसले बताए अनुसार सबै वयस्कहरु कम्तिमा पनि हप्तामा १५० मिनेट मध्यम स्तरको वा ७५ मिनेट कडा किसिमको शारीरिक गतिविधिमा संलग्न हुनुपर्दछ।  यसरी शारीरिक व्यायामले मुटु सम्बन्धि रोगलाई टाढा राख्नुका साथै क्यान्सरका कारण हुने मृत्युको सम्भावनालाई पनि न्युन गराउने उनी बताउँछन्।

यस्तोमा आजीवन नियमित शारीरिक गतिविधिमा संलग्न हुनेहरुको मृत्युदर सबैभन्दा कम हुने वैज्ञानिकहरुको अनुमान थियो।  तर अनुसन्धानकर्ताहरुले १९९६ मा स्थापना भएको अमेरिकाको नेस्नल इन्सटिटीउट अफ हेल्थबाट ३ लाख १५ हजार सहभागीहरुको डाटा परीक्षण गर्दा आश्चर्यजनक नतिजा प्राप्त गरेका हुन्।

उनीहरुका अनुसार अध्ययनका क्रममा शारीरिक गतिविधिमा धेरै ढिला सहभागी हुनेहरुले प्राप्त गर्ने स्वस्थकर फाइदा, आजीवन एक्सरसाइज गर्नेहरुसँग तुलनात्मक रहेको पाइएको हो।  त्यसैले यस अनुसन्धानको निष्कर्षले प्रारम्भिक जीवनमा कुनै व्यायाम नगरेकाहरुलाई ढिलै भएपनि शारीरिक अभ्यसामा सहभागी भइ स्वस्थ जीवन जीउन प्रोत्साहन गर्न सक्ने डेलीमेलले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्