अनलाइन प्रमूखको छुरा प्रहार गरी हत्या

CHURa prahar
लाेकपाटी न्यूज

टोलुका, ८ भदौ। एक समाचार अनलाइनका प्रमूखको छुरा प्रहार गरी हत्या भएको छ। मेक्सिकोको एक समाचार अनलाइनका प्रमूखको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ।

मेक्सिकोका सरकारी वकिलले जारी गरेको प्रारम्भिक विवरणमा नेभिथ कोन्डेस जारामिल्लोको शव शनिबार बिहान फेला परेको र शरीरमा तिखो वस्तुले घोचेको निलडाम रहेको उल्लेख गरिएको छ। प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। तेजुपिल्को नामको सानो शहरमा सञ्चालित स्थानीय अनलाइन सञ्चार माध्यमको प्रमूखको रुपमा नेभिथ कार्यरत थिए। उनी स्थानीय रेडियोमा समेत समाचार वाचकको रुपमा कार्य गर्दथे।

रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले कोन्डेस जारामिल्लोमाथि जुन र गत वर्षको नोभेम्बरमा अज्ञात समूहले धम्की दिएको बताएको छ। उनले संघीय सरकार समक्ष आफ्नो सुरक्षाका लागि आग्रह गरेका थिए।एजेन्सी / एएफपी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्