काठमाडौं, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। ३ हजार आठ सय ३१ जनाको दरखास्त माग गरेको हो।
प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले ठूलो संख्यामा दरखास्त मागे गरेको छ। जस अनुसार प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ ।
१९० जना भान्से मागेको छ भने हजाम १० जनाको माग छ। त्यस्तै कुचिकार २० जना माग्दा खेलाडी भने २५ जनाको माग छ। खेलाडीका लागि भने राष्ट्रिय प्रहरी (प्रशिक्षक) प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने जनाएको छ।



लाेकपाटी न्यूज

