धादिङ, ५ भदौ। धादिङको सिद्धलेक गाउँपालिका १ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन्।
घरायसी विवादका कारण श्रीमती विमला दराई लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए।
बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हामफालेर गुहार मागेपछि घटनाबारे स्थानीयले थाहा पाएको धादिङ प्रहरीले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनीष दुवाडीले लेखेका छन्।



लाेकपाटी न्यूज
