टोकियो । जापानमा सम्पन्न समावेशी ईन्करेजमेण्ट अवार्डबाट अभिनेताद्वय सरोज खनाल, धिरेन शाक्य, युवा व्यवसायी कमान सिंह लामा लगायतका व्यक्तित्वहरु सम्मानित भएका छन् । विश्वको पहिलो समावेशी अवार्डका रुपमा दाबी गरिएको उक्त अवार्डबाट खनाल र लामासहित विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरु विभुषित भएका हुन् ।
समावेशी ईन्करेजमेण्ट अवार्डबाट सम्मानित हुने अन्य व्यक्तित्वहरुमा नेपाली नोटका डिजाइनर सुन्दर श्रेष्ठ, जुना श्रेष्ठ, दिपक डोटेल, गनेश राई, लक्ष्मी तामाङ, रेस्लर अस्मिता जुरेलि, अन्जु गौतम, मिङ्स लामा, हर्के हवल्दारका खम्बे, शिवहरि नेपाल, शिव शर्मा, राजेन्द्र गिरी, अस्मिता बस्नेत लगायत रहेका छन् ।
सो कार्यक्रम अगस्ट १९ का दिन जापानको टोकियोमा सम्पन्न भएको थियो । अवार्ड कार्यक्रममा सम्पूर्ण क्षेत्रलाई समावेश गरिएको आयोजकको दाबी छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली रहेका थिए भने जनप्रगतिशील मञ्च जापानका अध्यक्ष हवल चन्द्र लामा, जापानका सफल व्यावसायी केशब अधिकारी, सहआयोजक मातृ सन्देश डट कमका सम्पादक सन्ता कुमार पहाडी, चितवन जापान समाजका अध्यक्ष राजन श्रेष्ठ लगायतका व्यक्तित्वहरु सहभागी रहेको थिए।

कार्यक्रम क्लब ४० इन्टरनेस्नल नेपालको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममाझ नेपालबाट अहिलेसम्मकै सबैभन्दा धेरै कलाकारहरु लगायत विभिन्न संघ संस्थामा आबद्ध विशिष्ट व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको संस्थाका निर्देशक समिर लामाले जानकारी दिएका छन् ।
उक्त कार्यक्रम सभ्य र भव्य भएको जापान आयोजक संस्थाका संयोजक शान्त कुमार पहारीले बताए । सो अवार्डको आउँँदो संस्करणलाई अझ भव्यतापूर्वक सम्पन्न गर्ने योजना रहेको समेत उनले बताए।




लाेकपाटी न्यूज
