१६ सचिवकाे सरुवा, काे-कहाँ पुगे ? (सूचिसहित)

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडाैं, ३ भदाै । सरकारले सचिवहरूको सरुवा तथा हेरफेर गरेकाे छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारका सचिवहरूकाे सरूवा तथा हेरफेर गरेकाे हाे।

मन्त्रिपरिषद बैठकले सरकारका १६ सचिवहरूकाे सरूवा गरेकाे हाे । सरूवाका क्रममा अधिकांश सचिवहरूकाे मन्त्रालय हेरफेर गरिएकाे छ भने चार जनालाई बढुवा समेत गरिएकाे छ।

साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकमा सरुवा हुने सचिवहरूको नाम सुनाइएको थियो। बैठकमा सचिवहरूको सरुवाका विषयमा केही मन्त्रीहरूले आपत्ति जनाएपछि आज साे टुंगाे लगाइएकाे हाे।

बैठकमा सुनाइए अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव साटिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारीअनुसार श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ।

विस्तृतमा सूचि हेर्नुस्ः 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्