भरतपुरमा फेरि झडप, केही प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

chitwan
फाइल तस्विर
लाेकपाटी न्यूज

चितवन, २ भदौं। पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेकोे समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन्।

प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी प्रवेश गर्न खोजेपछि झडप भएको छ। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भरतपुरको चौविसकोठीदेखि मालपोत चोक सम्मको क्षेत्रमा प्रदर्शन र मानिसको जमघट निषेध गरिएको छ।जिल्ला प्रहरी कार्यालय चितवनले यो क्षेत्रमा आजदेखि प्रदर्शन र हुलहुज्जत गर्न निषेध गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्