काठमाडौं, ३१ साउन । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएको छ। चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत आज सार्वजनिक गरिएको हाे ।
डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् । त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् भने कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका हुन् ।
गीतको मुख्य भूमिकामा सागरसहित स्मृति बोहरा रेग्मी र अञ्जु विश्वकर्मा देखिएका छन् । गीतको छायांकन जनक अधिकारीले गरेका हुन् भने भिडियोकाे निर्देशन सोनु कुमारले गरेका हुन्।
गीतमा मिक्सिङ सन्तोष पौडेलले भरेका छन् । भिडियो ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको मोडल कार्कीले जानकारी दिए ।
भिडियाे हेर्नुस्ः



लाेकपाटी न्यूज

