लोकसेवा आयोगका अध्यक्षले लिए सपथ

dilliram-bhattarai pic
लाेकपाटी न्यूज

रुपन्देही, २८ साउन।  प्रदेश ५ को लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन्। उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलसमक्ष भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

प्रदेश ५ को प्रदेश प्रमूखको कार्यालय बुटवलमा मंगलबार भएको सपथग्रहण कार्यक्रममा प्रदेश प्रमूख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेललगायतको उपस्थिति रहेको थियो। मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिसका आधारमा प्रदेश प्रमूख झाले भट्टराईलाई साउन २३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षको सपथसँगै उक्त प्रदेशमा कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्