सांसद यादवले दिए राजीनामा

suryanarayan yadab
लाेकपाटी न्यूज

काठमाडौं, २८ साउन। प्रतिनिधिसभा सदस्य सूर्यनारायण यादवले पदबाट राजीनामा दिएका छन्। सप्तरी १ बाट निर्वाचित भएका सांसद यादवले स्वास्थ्यमा समस्या आएपछि राजीनामा दिएका हुन्।

उनले सोमबार मात्र राजीनामापत्र सभामुख कृष्ण बहादुर महरासमक्ष पेश गरेका छन्। डाईबिटिज र तनाव बढेको कारण आराम गर्न पदबाट राजीनामा दिएको उनको भनाई छ। यादव समाजवादी पार्टीका हुन्।

कित्साक्षेत्रमा काम गर्दा गर्दै सांसद यादव राजनीतिमा आएका थिए। उनको राजीनामा स्वीकृत भएपछि सो क्षेत्र रित्त हुनेछ। जहाँ पुन निर्वाचन गराउँनु पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्