‘कबड्डी ३’ काे शीर्ष गीत सार्वजनिक (भिडियाे)

लाेकपाटी न्यूज

काठमाडौं, २७ साउन। प्रतीक्षित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको कथा झल्काउने गरी तयार पारिएको ट्रेलर सोमबार सार्वजनिक गरिएकाे हाे।

गीतको भिडियोमा कालीप्रसाद बाँस्कोटा, अनुपम शर्मा लगायतले अभिनय रहेकाे छ। केही दृश्यमा दयाहाङ राई र उपासना सिंह ठकुरीलाई पनि देख्न सकिन्छ । अनुपम शर्मा र कालीप्रसाद बाँस्कोटाले लेखेको यो गीतमा सनी सुनमको संगीत सुन्न सकिन्छ ।

भिडियाेमा कालीप्रसाद बाँस्कोटाको कन्सेप्टलाई बिजु कर्माचार्यले निर्देशन गरेका हुन् । फिल्मको कुरा गर्नुपर्दा यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेको यो स्किृप्ट कमेडी शैलीमा तयार पारिएको छ ।

फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, कविता आले, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भिडियाे हेर्नुस्ः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्