काठमाडौं। कवि तथा गजलकारका रुपमा परिचित सुवास जमरकट्टेल अब गीतकारका रुपमा पनि देखा परेका छन् । उनले सडक दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएर चार महिना हस्पिटलको बेडमा रहँदाको पीँडालाई गीतमा व्यक्त गरेका हुन् ।
उनकै मार्मिक शब्दमा रचित गीत ‘बाँच्न जति गाह्रो हुन्छ’ को भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा चर्चित संगीतकार विकास चौधरीकाे संगीत संयाेजन तथा दिपक लिम्बुको सुमधुर स्वर रहेको छ ।
गीतको भिडियो विज्ञमान राईले निर्देशन गरेका हुन् । मुभि फ्याक्ट्रीको सहकार्यमा गौतम क्रियसनको ब्यानरमा प्रस्तुत म्युजिक भिडियोमा शाहिल खान र सायशा बयलकोटीको मुख्य भूमिका रहेकाे छ ।
भिडियाे हेर्नुस्ः



लाेकपाटी न्यूज

