काठमाडाैंकाे स्वयम्भुमा गाेली चल्याे

Goli
लाेकपाटी न्यूज

काठमाडाैं, २४ साउन । काठमाडौंको स्वयम्भुनाथ क्षेत्रमा गोली चलेको छ । अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा महानगरीय अपराध महाशाखाको टोलीले गोली चलाएको बुझिएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमूख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले अभियुक्तलाई नियन्त्रणमा गर्ने क्रममा गोली चलाइएको बताए । गोली लागेर लोप्चन भनिने मिलन लामा घाइते भएका छन् ।

उनको उपचारको लागि वीर अस्पताल लगिएको महानगरीय प्रहरी कार्यालय स्राेतले जनाएकाे छ । 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्