कमल गाउँलेको नयाँ गाईजात्रा (हेर्नुहोस् भिडियो)

kamal gaule
लाेकपाटी न्यूज

काठमाडौं, २३ साउन । हाँस्यकलाकार कमल गाउँलेले यस वर्ष पनि गाईजात्राको भिडियो सार्वजनिक गरेका छन्। गाउँलेले यस वर्ष ‘गाउँ गाउँमा सिंहदरबार’ सार्वजनिक गरेका हुन्।

नेपाली कलाकारितामा लामो समयदेखि निरन्तर रुपमा यसरी टिकेर गाईजात्रा निकाल्ने एकमात्र सदाबहार गाईजात्रे भनेर चिनिने कमल गाउँले यस पटक पनि ‘गाउँ गाउँमा सिंहदरबार’ सार्वजनिक गरेका छन्।विशेष गरी उनले गाईजात्रामा रमाइलो प्यारोडी गीतको समावेश गरेर मनोरञ्जनात्मक रुपले ब्यङ्ग्यसमेत गरेका छन्।

उनले आफैँ लेखेर आफैँ भिडियोमा खेलेर र आफैँ बालेर गाईजात्रा बनाउँदै आएका छन्। ‘गाउँ गाउँमा सिंहदरबार’मार्फत् उनले राजनीतिक विकृतिमा व्यंग्य प्रहार गरेका छन्।राष्ट्रपति विदेश उड्दा आकाशसमेत खाली गराइएको, सवारीका कारण ट्राफिक जाम हुँदा सुत्केरीसमेत अस्पताल जान नपाएको, राजनीतिक दलका नेताहरु कमाउ धन्दामा लागेको लगायतका विषयलाई कमलले उठाएका छन्।

त्यसैले उद्योग कलकारखानाको सट्टा पार्टी खोल्न आह्वान गर्दै उनले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘यो गणतन्त्रमा मैले तीन चीज पाएँ, खोक्ने, बोक्ने र ठोक्ने। यी तीन चीज जानेपछि मान्छे पाको अनि देख्छन् खाको र लाको।’गाईजात्रामा रमाइला गीतहरुसमेत समेटिएको छ। आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गाईजात्रे प्रस्तुतीमा कमल गाउँलेले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेतर्फ पनि व्यंग्य प्रहार गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्