काठमाडौं, २१ साउन। निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ।शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५० जनाको पद विभिन्न कारणले रिक्त छ। प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।
त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर–१ ‘ख’ मा मंसिरमा चुनाव हुन लागेको आयोगले जानकारी दिएको छ। स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदैछ।
हेर्नुहोस् उपनिर्वाचन हुन लागेको जनाप्रतिनिधिविहीन स्थानीय तहको सूची






लाेकपाटी न्यूज

