कैदी बन्दीको झडपमा एकको मृत्यु

jel
लाेकपाटी न्यूज

काठमाडौं, १७ साउन। नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ। झडप हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो १ बजे भएको झडपमा नख्खु कारगारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो।

ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन्। आक्रमणकारीको परिचय खुल्न बाँकी छ । आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्