काठमाडाैं । आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । आजको दिन प्रत्येक मान्छेकाे घरमा खीर पाक्छ । आजकाे दिन सबै परीवार एकै ठाउँमा जम्मा भएर खीर खाने परम्परा रहेको छ ।
खीर साउन १५ मा मात्रै होइन विवाह, व्रतबन्ध, पास्नी लगायतका शुभकार्यमा पनि खाने चलन छ । तर आजकाे दिनलाई विशेष गरी खीर खाने पर्वका रुपमा लिइन्छ ।
खीर के हाे ?
खीर पौष्टिक तत्वहरु धेरै भएको खाना हो । याे विभिन्न किसिमका अन्नहरु मिसाएर बनाइन्छ । दुध, चिनि, काजु, नरिवल, किसमिस,दालचिनी, लगायतका सामाग्रीहरु राखेर खीर तयार पारिन्छ ।
यस्ता छन् खीर खानुको फाइदाः
–खीरमा मिसाइने चामलमा कार्बोहाइड्रेड पाइन्छ । जसले शरीरलाई शक्ति प्रदान गर्छ ।
– दूधमा बनाइने खीरमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।
– भिटामीन ए प्राप्त हुन्छ ।
– शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ति हुन्छ ।
–खीरमा मिसाइने विभिन्न किसिमका पदार्थहरुबाट खनिज तथा भिटामिन पाइन्छ ।
– खीर सहजै पचाउन सकिन्छ ।



लाेकपाटी न्यूज

