काठमाडा, १२ साउन । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई वटा घटनाको तत्काल छानविन गर्न संसदीय समिति बनाउन सरकारलाई दवाव दिएका छन्।
उनले सर्लाहीमा भएका सो मृत्युको घटनाको छानविनका लागि संसदीय समिति गठन नगरे भोलि बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिए।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सर्लाहीमा भएको दुवै मृत्यु प्रकरण गैर न्यायिक भएकाले आफ्नो पार्टीले संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको र त्यसको सुनुवाई नभए भोलिकाे प्रतिनिकधिसभाकाे बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिए ।
नेत्रविक्रम चन्द समूहका सर्लाही ईन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यसको न्यायिक छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमूख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले यस अघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका थिए।
संयोजक यादवले गैरन्यायिक ढंगले प्रहरीबाट मारिएका ती दुवै प्रकरणको छानविन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने पार्टीको अडान पनि दोहोर्याए।



लाेकपाटी न्यूज

