काठमाडौं, १० साउन । नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ । विकास आचार्य निर्देशित पारिवारिक प्रेमकथामा आधारित चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर शुक्रबार रिलिज गरिएको हो ।
सार्वजनिक चलचित्रकाे ट्रेलरमा प्रेम, विछोड र मिलनलाई देखाइएको छ । ट्रेलरमा स्वस्तिमा खड्का, आर्यन सिग्देल, सलोन बस्नेत, अखिलेस प्रधान, अभिनेत्री सञ्चिता लुईंटेल, बाल कलाकार अनुभव रेग्मी, हास्य कलाकार शिवहरी पौडेल लगायतका कलाकार रहेका छन् ।
निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले पटकथा तथा संवाद तयार पारेकाे उक्त चलचित्र साउन ३० गते रिलिज हुने जनाइएकाे छ ।



लाेकपाटी न्यूज

