बैतडी, ९ साउन। बैतडीमा खाल्डोमा गाडिएको अवस्थामा एक बालिकाको शव भेटिएको छ। दोगडाकेदार गाँउपालिका वडा नम्बर २, ढिकगाड घर भै हाल दशरथचन्द नगरपालिका वडा नम्बर ४, बमरोडामा बुवासँगै बस्दै आइरहेकी ८ वर्षीया बालिका कलावती सार्कीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दिपक पातलीले जानकारी दिए।
बुधबार सार्कीको शव उनी पढ्ने ईश्वर आधारभूत विद्यालय छेउको खाल्डोमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। बालिका गएको असार १८ गतेदेखि बेपत्ता भएकी थिइन्।
गोठाला गएका स्थानीय महिलाले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालिकाको शव सडेको अवस्थामा भेटिएका अनुसन्धानमा कठिनाइ भैरहेको प्रहरीले जनाएको छ।


लाेकपाटी न्यूज
