काठमाडौं, ७ साउन । चलचित्र ‘साइनो’को आइटम गीतको भिडियो सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्रको ‘क्या वात छ’ बोलको गीत हालै सार्वजनिक गरिएको हो ।
मीना निरौलाको आवाज रहेको गीतमा यमन सुवेदीकाे शब्द रहेकाे छ भने संगीत किरण भुषालको रहेकाे छ ।
गीतमा नायिका नीता ढुंगानाको नृत्य देख्न सकिन्छ भने नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् । रमेश थापाको निर्देशन रहेको चलचित्र ‘साइनो’मा नीता ढुंगाना, राज कुमार, मिरुना मगर, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल लगायत कलाकारको अभिनय रहेकाे छ ।
चलचित्र साइनो यही साउन २४ गते प्रदर्शनमा आउने निर्माण पक्षले जनाएकाे छ । चलचित्रकाे कथा अभिमन्यु निरबीले लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेकाे छ ।
भिडियाे



लाेकपाटी न्यूज

