‘कबड्डी ३’ को गीतलाई लाग्यो चोरीको आरोप (भिडियाेसहित)

लाेकपाटी न्यूज

काठमाडौं, ७ साउन । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा समावेश गीत ‘दूबो फुल्यो’ गीतको संगीतलाई चोरीको आरोप लागेको छ । कालीप्रसाद बास्कोटा र शर्मिला बर्देवाले आवाज दिएको गीत ‘कहिले फोटो सिरानीमा’ बाट संगीत चोरी गरिएको आरोप लगाइएको हो ।

‘कबड्डी ३’ मा समावेश उक्त गीतको संगीत एसडी योगीले तयार पारेका हुन् ।उनीमाथि आलोक श्रीले संगीत चोरीको आरोप लगाएका छन् । ‘कहिले फोटो सिरानीमा’ बोलको गीतमा संगीतकार आलोक श्रीको संगीत रहेकाे छ । संगीतकार आलोक श्रीले यो गीत चोरी भएको आरोप लगाउँदै एसडी योगीले आफ्नो संगीतबाट प्रभावित भएको आफूसँग स्वीकारेको पनि बताए ।

उनले भने, ‘एसडी योगी भाइले रियालाइज गर्नुभयो, मैले त सीधै तिम्रो उमेर बराबरको मेरो संगीत करिअर छ भनेँ, यसरी चोरी गर्न मिल्दैन।’ गीत चोरी भएपछि आलोक श्रीले आफू कानूनी उपचारमा जान पनि पछि नपर्ने बताए । ‘उहाँहरु सहमतिमा आउनुभएन भने कानूनी रुपमै अगाडि बढ्छु,’ उनले भने ।

सुन्नुहाेस् आलाेक श्रीको संगीत रहेको ओर्जिनल गीत:

सुन्नुहाेस् संगीत चोरीको आरोप लागेको कबड्डी ३ को गीत:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्