प्रेमी राणासँगको ‘चुम्बन’ ले विवादमा तानिइन् साम्राज्ञी

1
लाेकपाटी न्यूज

काठमाडौं, ५ साउन। पछिल्लो समय चर्चामा रहिरहने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि हंगामा मच्चाउने गर्छिन्। केही समयअघि उनी गोप्य स्थानमा ट्याटु खोपाएका कारण चर्चामा आइन्। पछि यो तस्वीर आफूले नचाहेरै अरुले शेयर गरेको बताइन्।

साम्राज्ञीे केही समयअघि गाउँले भूमिकामा काम नगर्ने बताउँदै अन्तर्वार्ता दिएपछि उनको व्यापक विरोध भयो। उक्त विरोधपछि आफूले गाउँले भूमिकालाई हेपेर नभएर सकिन्न कि भन्ने लागेर अभिनय नगर्ने भनेको बताइन्।यतिबेला भने साम्राज्ञी अर्को कारणले विवादमा तानिएकी छिन्।

सामाजिक सञ्जालमा प्राय विकिनी अवतारमा प्रस्तुत भइरहने साम्राज्ञीको यो रुपलाई त दर्शकले पनि सामान्य नै लिने गरेका थिए। यतिसम्म कि, साम्राज्ञीले ड्रिङ्क्स गर्दै स्वीमिङ पुलका विकिनी अवतारमा देखिएका तस्वीरमा पनि सार्वजनिक गरेकी हुन्छिन्।हालै साम्राज्ञी आफ्ना प्रेमी देवांकस राणासँग इन्डोनेसियाको बालीमा रमाइरहेका तस्वीर सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन्।

विवादमा तानिएको कारण शेयर गरेका तस्वीरमा उनका प्रेमी देवांकसले साम्राज्ञीलाई शरीरका विभिन्न भागमा चुम्बन गरेका छन्। एक तस्वीरमा उनले ओठ चुमेका छन्। यी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादमा परेकी छिन्। तर, साम्राज्ञी भने दर्शकका गालीलाई सामान्य लिन थालेकी छिन्।

केही समयअघि मंयक खड्कासँग प्रेमसम्बन्धमा रहेकी साम्राज्ञी उनीसँगको ब्रेकअपपछि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांकस राणासँग रमाइरहेकी छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्