ग्यास उद्योगमा विस्फोट, दुईको मृत्यु, १२ सम्पर्कविहिन

gass uddhog bispot
लाेकपाटी न्यूज

एजेन्सी । चीनको एउटा ग्यास उद्योगमा भएको विस्फोटमा कम्तिमा दुई जनाको मृत्यु भएको छ।

उद्योगमा विस्फोट भएपछि १२ जना सम्पर्क्विहीन भएका छन्। नान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते भएको चीनियाँ अधिकारीहरुले जनाएका छन्।

विस्फोटपछि उद्योगको काम बन्द भएको छ। स्थानीय समयअनुसार शुक्रबार बेलुका ५:५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ।