युवती बलात्कारकाे आरोपमा नेपाल प्रहरीका असई पक्राउ

Arrest pic
लाेकपाटी न्यूज

रौतहट, ३ साउन । जबर्जस्ती करणी गरेको आरोपमा रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले  असई राजेन्द्र साहलाई बलात्कारको आरोपमा पक्राउ गरेको हो ।

२० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि असई साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख (डिएसपी) कवित कट्वालले जानकारी दिए ।

बारा जिल्ला महागढिमाई नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत असई साहलाई असार ३१ गते चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा २० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको कटवालले जानकारी दिए ।

पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्