काठमाडौं, २ साउन । आकर्षक तलब पाउने गरी कामदार(वर्किङ) भिसामा युरोप पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ४ देवौली घर भइ काठमाडौंको धापासी बस्ने ३१ वर्षीय नबिन कुमार चौधरी छन्। चौधरीले वर्किङ भिसामा युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ५१ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेका प्रहरीले जनाएको छ।
उनले युरोप पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई काठमाडौंबाट भारत पु्र्याएर अलपत्र पारेका थिए। चौधरीबाट ठगिएका व्यक्तिले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो। चौधरीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।



लाेकपाटी न्यूज

