बाढी-पहिरो प्रभावितको व्यवस्थापन गर्न राज्य व्यवस्था समितिको निर्देशन

samiti
लाेकपाटी न्यूज

काठमाण्डौं, २९ असार। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो।अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुर्नबासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ। त्यसैगरी बेपत्ता नागरिकहरुको खोजी कार्यलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्