सिड्नी, २९ असार । सिड्नीमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी स्वदेश सेढाई मृत फेला परेका छन्।नेपालीसँग सिड्नीको गिलफोर्डमा बस्दै आएका २१ वर्षीय सेढाई आफ्नै कोठाको लुगा राख्ने दराजभित्र मृत फेला परेका हुन्।
सेढाई सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा ब्याचलर अफ कम्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थी हुन्।अबेर रातिसम्म ठीक अवस्थामा देखिएका सेढाई बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा मृत भेटिएका थिए।
आत्महत्या गरेको प्रारम्भिक अनुमान रहे पनि सत्य तथ्य विवरण अनुसन्धान पश्चात नै खुल्न सक्ने प्रहरीले जनाएको छ।
हाल उनको शवलाई लिडकमस्थित मोर्गमा राखेको र आवश्यक कानूनी कारवाही पश्चात आफन्तलाई शव बुझाउने जनाएको छ।



लाेकपाटी न्यूज

