सरकारी जागिरमध्ये नेपाल प्रहरीकाे सबैभन्दा कम तलव ?

Nepal police
लाेकपाटी न्यूज

काठमाडौं । टेकुस्थित काठमाडौं प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु। ’चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए।

अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिईएको हो।  परिसरमा यसवर्ष जवानदेखि सइसम्म १ सय ५९ जनाले राजीनामा दिइसके। छाड्ने सबै पेन्सन अवधि पुगेका कर्मचारी छन्।

राजीनामा दिनेमध्ये २९ जना चालक थिए। २०७१ मा १७२३ जनाले, २०७२ मा १२५२ जना, २०७३ मा ११६० जनाले, २०७४ १७८१ जनाले र २०७५ साल माघसम्म २५१० जनाले संगठन छाडेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्