बालगीत

Suraj Upadyaya
लाेकपाटी न्यूज

बाबा बन्दुक बोकेर
लढ्न भनी जानु भो
छुटाएर पढाइ
दाइलाई पनि लानु भो।

हुर्काउनु भो आमाले
सारै दुख गरेर
गणतन्त्र आएको
दाइ र बाले लढेर ।

यौटा राजा फालेर
धेरै राजा बनाए
दाइ र बाको सपना
त्रीशुलीमा बगाए

देशै लुटि खाईसके
आज हाम्रा मालिकले
के भन्दैछन् खै कुन्नी
सहिदका शालिकले ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्