बाँध भत्किँदा ७ को मृत्यु, २० बेपत्ता

Badha vatkeko
लाेकपाटी न्यूज

काठमाडौं, १८ असार । भारतको महाराष्ट्र प्रान्तको रत्नगिरी जिल्लामा बाँध भत्किएपछि सात जनाको मृत्यु भएको छ। अन्य २० जना बेपत्ता भएका छन्।

स्थानीय प्रशासनका अनुसार मंगलबार राति ८ः३० मा ओभरफ्लो भएको एक घण्टामा बाँध भत्किएको हो।मुम्बईबाट २ सय किलोमिटर दुरीमा रहेको कोंकण क्षेत्रमा तिवरे बाँध भत्किएपछि सातवटा गाँउमा एकैपटक अचानक बाढी छिरेको थियो।

जिल्लाका प्रशासनिक अधिकारीका अनुसार बाँध भत्किएको ठाउँभन्दा केही दुरीमा सात जनाको शव भेटिएको थियो। बीबीसी मराठी सेवाका संवाददाता जान्हवी मुलेका अनुसार नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को टिम राहत र बचाउका सामाग्री, पुलिस र स्वयंसेवक प्रभावित क्षेत्रमा उद्दारमा खटिरहेका छन्।

पछिल्लो ४ दिनदेखि मुम्बईको कोन्कणको उक्त तटिय क्षेत्रमा भारी वर्षा भइरहेको थियो। जसको कारण मुम्बईको जनजिवन प्रभावित भएको छ। मुम्बई, पुना र कल्याणमा अलग अलग घटनामा अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ।एजेन्सी