एजेन्सी/काठमाडाैं, १७ असार । विवादित सुपुर्दगी विधेयकको विरोध गरिरहेका प्रदर्शनकारीले सोमबार हङकङको संसद भवन भित्रै पसेर तोडफोड गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरुले हङकङको प्रतीक चिन्हलाई हटाएर बेलायती झण्डा फहराएको बीबीसीले उल्लेख गरेको छ। प्रहरीका अनुसार परिस्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रु ग्यासको प्रयोग गर्नु परेको थियो।
बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औं वर्षगाठको विशेष अवसरमा हङकङका नागरिकले प्रदर्शन गरेका हुन्। कडा मिहिनेतपछि प्रहरीले प्रदर्शनकारीलाई संसद भवनबाट बाहिर निकालेको थियो।
कैयौं घण्टासम्म प्रदर्शनकारीले संसद कब्जामा लिएको जनाइएको छ। सोमाबर आधा रातसम्म प्रदर्शन भएको थियो। प्रहरीले गम्भिर प्रतिक्रिया जनाउने भनेर चेतावनी दिएपछि अवस्था नियन्त्रणमा आएको थियो।
संसद कब्जा लिएर तोडफोड भएको घटनापछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले पत्रकार सम्मेलन गरेर प्रदर्शनकारीको उक्त कार्य निन्दनीय भएको र हिंस्रक व्यवहार भएको प्रतिक्रिया जनाएकी छिन्।
भिडियो



लाेकपाटी न्यूज

