वाणिज्य बैंकको संख्या आधामा झार्ने राष्ट्र बैंकको योजना, यस्तो दियो निर्देशन

Nepal rastra bank
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । वाणिज्य बैंकहरुले आउने साताभित्रै मर्जरका लागि उपयुक्त पार्टनर छानेर राष्ट्र बैंकलाई बुझाउनुपर्ने भएको छ।

बिहीबार गर्भनर चिरञ्जीवी नेपालले बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन्। आगामी वर्षको मौद्रिक नीतिका सम्बन्धमा छलफल गर्न भन्दै बिहीबार राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकका अध्यक्ष र प्रमूख कार्यकारीलाई डाकेका थिए।सोही कार्यक्रममा गर्भनर नेपालले यस्तो निर्देशन दिएका हुन्।

आगामी मौद्रिक नीतिमा ठूला मर्जरको विषय समेटिने संकेत गर्दै त्यसअघि नै उपयुक्त पार्टनर खोजेर मर्जरका लागि तयार हुन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको हो। राष्ट्र बैंकले हाल २८ वटा रहेका वाणिज्य बैंकको संख्या घटाएर आधामा झार्ने योजना बनाएको बैंक निकट स्रोतले जनाएको छ।