विश्वकप क्रिकेटको सट्टेबाज गर्ने शाह पक्राउ

hatkadi-pakrau
लाेकपाटी न्यूज

चितवन, ११ असार । जिल्ला प्रहरी कार्यालय चितवनले विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ।

मंगलबार बेलुकी साढे ८ बजेको समयमा भरतपुर महानगरपालिका ३ बस्ने ३३ वर्षका मुकेशकुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले तीन लाख ४५ हजार नगद, विभिन्न कम्पनीको ५ थान मोबाइल र एक थान ट्याब मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

साहको साथबाट विभिन्न बैंक तथा मनि ट्रान्सफरका पैसाको कारोबार सम्बन्धी भौचर दस्तावेजहरु पनि बरामद गरिएको छ। उनको स्थायी घर नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं. ८ हो। साह चितवन जिल्लाको मूख्य गिरोहको रुपमा विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

साहविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ ९जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने० को उपदफा ४ बमोजिम मुद्दामा अनुसन्धान कारवाही बढाइएकोे छ। सट्टेबाजीमा संलग्नलाई १ वर्षसम्म कैद र दश हजार रुपैयाँ जरिवानाको कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्