सत्यका लागि शक्तिमा विश्वास गर्नुस् : महानिरीक्षक खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

काठमाडौं, ५ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको सोंच र राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरुले जुनसुकै स्थानमा खटिए पनि भित्रैदेखि काम गर्छु भन्ने भावनाकासाथ व्यवसायिक रुपमा सक्रिय भई काम गर्नुपर्ने बताएका छन्।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतहरुलाई दज्र्यानी चिन्हद्वारा सुशोभनपछि उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले सत्यका लागि शक्तिमा विश्वास गर्नुपर्ने बताएका हुन्।

अनुशासित, मर्यादित र इमान्दार भएर प्रहरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘सबैभन्दा ठूलो शक्ति र सत्य आफूले काम गर्ने र आफूमा विश्वास गर्ने हो ।’ व्यक्तिगत आचरण, व्यवहार र हरेकको व्यक्तित्व झल्काउने टर्नआउट दुरुस्त हुनुपर्नेमा उनले जोड दिए। प्रहरी संगठनको गौरवपूर्ण इतिहासलाई बिर्साउने गरी गलत सपना बोकेर संगठनमा प्रहार गर्न सकिन्छ भन्ने सोचाई राखेर रमाउने प्रवृत्ति गलत रहेको उनको भनाइ छ ।

संगठनको शान, गर्व र गौरव बढाउन आफू लागिपरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति, भौतिक संरचना निर्माण, कर्मचारीको वृत्ति विकासमा पहल र निष्ठापूर्वक गर्वकासाथ काम गर्ने वातावरण निर्माण लगायतका उपलब्धी हासिल भएको बताए । यस्तो वातावरण र काम गर्ने अवसरको सदुपयोग गर्न परिस्थिति आफैं बनाउँदै दृढ इच्छाका साथ राम्रो काम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘व्यक्तिगत रुपमा आफूले आफैंलाई संयमित राख्नुस् ।’

समुदाय(प्रहरी साझेदारी कार्यक्रममार्फत सबै मिलेर समुदायमा जानुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट साधन स्रोत परिचालन गर्न, हरेक चुनौतिको सामना गर्न सजिलो हुने बताए। तर, यसका लागि सबैले आ(आफ्नो घर, छिमेक, टोल, क्षेत्र, समाजमा सर्वत्र अभियानको रुपमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ । समुदाय राम्रो भएमा अपराध नहुने, असल नागरिक बन्ने र समुदायले प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने कुराको मनन गरी सक्रिय रुपमा कार्यक्रमलाई योगदान दिनुपर्नेमा उनले जोड दिए ।

नेपाल सरकार गृह मन्त्रालय ९माननीय मन्त्रीस्तर र सचिवस्तर० को २०७६ असार ३ गतेको निर्णयले प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १ जना, प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका ८ जना, प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका ७ जना र प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा पदोन्नति भएका ५ जना गरी २१ जना प्रहरी अधिकृतहरुलाई सो अवसरमा प्रहरी महानिरीक्षक खनालले दज्र्यानी चिन्हद्वारा सुशोभन गरे।

पदोन्नति भएका २२ जनामध्ये १ जना प्रहरी नायव उपरीक्षक हाल अध्ययन बिदामा रहेका छन्। पदोन्नति भएका अधिकृतहरुमध्ये नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र केनाइन महाशाखा अन्तर्गतका रहेका छन् ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राकेश कुमार सिंहले  संगठनप्रति अझ बढी समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरी महानिरीक्षकले निर्धारण गरेका संगठनका प्राथमिकताहरुबारे चर्चा गर्दै उनले आइपर्ने चुनौतिको सामना गर्न आफूहरु अझै संवेदनशील भएर काम गर्न कटिबद्ध रहने    बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्