पहिला प्रधानमन्त्री त्यसपछि प्रतिपक्षले बाेल्ने विश्वव्यापी चलन हाे : प्रधानमन्त्री

kp-oli
लाेकपाटी न्यूज

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद सम्बोधन गर्न खोजेको बेला मंगलबार प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार भएको बताएका छन् ।

नेपाली कांग्रेसका कारण संसद बैठक अवरोध भएपछि पत्रकार सम्मेलन गरेको प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालहठ प्रदर्शन गरेकाे बताए। उनले भने, ‘अगाडिदेखि तय भएको हाे प्रधानमन्त्रीले बोल्ने भन्ने । तर, प्रधानमन्त्रीभन्दा अगाडि आफूले बोल्नु पाउनुपर्ने भनेर नेपाली कांग्रेसले अड्डी लियो । अड्डि मात्रै लिएन, प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि रोस्टम घेरेर संसदको काम–कारबाहीमा अवरोध पनि गर्‍यो ।’

उनले कुनै विषयमा मतभेद नभए पनि कांग्रेसले मंगलबारको बैठक अवरोध पारेको बताए । ‘लोकतान्त्रिक अभ्यासअनुसार अरुले बोल्नुपर्दा पहिले प्रधानमन्त्री, त्यसपछि विपक्षी दलको नेताले र त्यसपछि बरियता क्रमानुसार अरुले बोल्ने चलन विश्वव्यापी चलन हो,’ प्रधानमन्त्री ओलीले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले पहिले मैले बोल्न पाउनुपर्छ भन्दै अवरोध गर्न उत्रेको उल्लेख गर्दै ओलीले देउवालाई संसदीय मर्यादा थाहा नभएकाे बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्